Logo
Logo

सुनको भाउ पाँच सयले बढ्यो, तोलाको कति ?


2.3k
Shares

काठमाडौं । साताको चौथो दिन आज (बुधबार) सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।

बुधबार नेपाली बजारमा छापावाल सुन तोलामा पाँच सयले बढेर १ लाख १२ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन मंगलबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने, प्रतितोला १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला १ लाख १२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी बुधबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले वृद्धि भइ १ हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्