Logo
Logo

प्रदेश ३ को नाम बाग्मती राख्ने नेकपाको निर्णय


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ९ पुस ।
प्रदेश नम्बर ३ को नाम बाग्मती राख्ने सत्तारुढ नेकपाले निर्णय गरेको छ ।

आइतबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।
प्रदेश सरकार बनेको दुई वर्ष भन्दा पनि प्रदेश नम्बर ३ को नामाकरण हुन सकेको छैन । त्यस्तै बैठकले राजधानी हेटौंडामै राख्न समेत प्रदेश कमिटि र प्रदेशको संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ । बाग्मती प्रदेश नाम राख्दा सबैलाई समेट्ने भएकाले यस्तो नाम राख्ने निर्णय भएको नेकपाले जनाएको छ । यद्यपी यसको टुंगो भने प्रदेश सरकारले नै गर्नैछ ।

प्रतिक्रिया दिनुहोस्