
काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक जारी छ । बानेश्वरस्थित ल्होत्से हलमा अहिले बैठक बसिरहेको हो ।
बैठकमा एमालेले सरकारका मन्त्रीहरूको संरक्षणमा लामो समयदेखि सुन तस्करी भएको भन्दै उपप्रधान तथा गृहमन्त्रीको राजीनामा माग्ने तयारी गरेको छ ।
दलको बैठकले थप रणनीति तय गर्ने प्रमुख सचेतक पदम गिरीले बताए । १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक एमालेले अवरुद्ध गर्ने भएपछि अहिलेसम्म सुरु हुन सकेको छैन् ।














