काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन प्रकरणबारे छानबिन गर्न माग गरेको छ । बुधबारको प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदहरू उठेका थिए ।

त्यसलगत्तै सभामुख देवराज घिमिरेले बोल्न प्रमुख सचेतक पदम गिरीलाई समय दिएका छन् । उनले सुन प्रकरणबारे छानबिन गर्न माग गरेका छन् । गिरीले भने, ‘सत्तापक्षकै दलका नेता कृष्णबहादुर महरा र उनका छोरामाथि सुन प्रकरणमा छानबिन गर्नुपर्छ । ठूला माछा उम्कने, सानालाई खोजीखोजी कारबाही गर्ने ?’ उनले महराले पटक–पटक भन्सारका कर्मचारीलाई फोन गर्ने गरेको समेत दावी गरे ।














