Logo
Logo

‘भ्रष्टाचारको विषयमा सरकार अगाडि बढ्दा सांसदहरूले टाउको दुखाउन हुँदैन’


441
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सरकारले सुशासनका लागि केही कदमहरु चालेको भन्दै प्रसंसा गरेका छन् ।

नेकपा एमालेसहितका विपक्षी दलले विभिन्न अनियमितता प्रकरणमा अनुसन्धान सुरु गरेको तर जरोसम्म नपुगेको भनी प्रश्न गरिरहेका बेला सरकारको नेतृत्वकर्ता दल माओवादी सांसद पौडेलले सरकारलाई थप सहयोग आवश्यक परेको धारणा राखे ।

एक क्वीन्टल सुन अवैध रुपमा आयात भएको विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको बारेमा संसदमा केही प्रश्नहरु उठेको उल्लेख गदै उनले भने, ‘म आफ्नो तर्फबाट बधाइ दिन चाहन्छु । दिउँसै रात पार्न खोजिएको थियो । रातलाई दिउँसो बनाइँदैछ ।’

भ्रष्टाचार र अनियमितताको विषयमा सरकार अगाडि बढ्दा सांसदहरुले टाउको दुखाउन नहुने पौडेलले बताए । ‘भ्रष्टाचारसित सम्बन्धित कतिपय विषयहरुको सरकार छानबिन गर्ने प्रक्रियामा अगाडि बढेको छ । माननीयजीहरुलाई टाउको नदुखाउनका निम्ति म विशेष अनुरोध गर्न चाहन्छु’, उनले थपे, ‘कसैको अनुहार हेर्न जरुरी छैन सरकार अगाडि बढोस् ।’

उनले सरकारलाई भ्रष्टाचारसँग सम्बन्धित उठेका प्रश्नहरुको बारेमा छानबिन गरेर, व्यक्तिको अनुहार नहेरी व्यक्तिको काम, शैली, तरिका र गल्ती हेरेर आफ्को क्रियाकलाप अगाडि बढाउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्