Logo
Logo

कोशी सरकार विरुद्धको मुद्दामा सुनुवाइ सकियो, आजै फैसला सुनाउने


1.3k
Shares

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्ध परेको मुद्दामा सुनुवाइ सकिएको छ । सुनुवाइ सकिएसँगै सर्वोच्चले आजै फैसला सुनाउने तयारी गरेको छ ।

गत असार २१ गते कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा गठन गरिएको सरकार असंवैधानिक रहेको भन्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त मुद्दामा आज सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा सुनुवाइ भएको थियो ।

बहुमतका आधारमा मुख्यमन्त्री दाबी गर्ने क्रममा सभामुखको समेत हस्ताक्षर प्रयोग गरिएका कारण असंवैधानिक भएको भन्दै परमादेशमार्फत प्रदेशभाको सबैभन्दा ठूलो दलको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै एमालेका कार्कीले रिट दायर गरेका थिए ।

सुनुवाइ सकिएसँगै सर्वोच्चले कस्तो फैसला गर्छ भन्ने प्रतीक्षाको विषय बनेको छ । कानुनी संवैधानिक जटिलतालाई मध्यनजर गर्दै सर्वोच्चले कोशी सरकार गठन प्रक्रियामा त्रुटि भएको भन्दै असार २१ कै अवस्थामा फर्काउन सक्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्