Logo
Logo

आफ्नो आलोचना नभएपछि देउवाले दिए धन्यवाद


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धेरै आलोचना नगरेकोमा धन्यवाद दिएका छन् ।

यही साउन २ गते बसेको बैठक समापन गर्दै देउवाले नेताहरुबाट धेरै आलोचना नभएको बताए । उनले भने, ‘धेरै आलोचना होला भन्ने थियो । तर भएन । साथीहरुलाई धन्यवाद ।’

केन्द्रीय कार्यसमिति बैठक लाइभ गर्दा पार्टीमा सबै एकसय एक छन् भन्ने थाहा भएको देउवाको भनाइ छ । उनले भने, ‘बैठक लाइभ गर्दा धरै साथीहरुले बोल्नुभयो । सबै एकसय एक हुनुहुन्छ भन्ने थाहा भयो । मैले धेरै बोल्नु छैन ।’

पार्टीका लागि रगत बगाएका र मरेकाहरुको सम्मान गर्नुपर्ने देउवाले बताए । उनले ‘पार्टीका लागि योगदान दिएकाहरुलाई बिर्सिनु हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्