Logo
Logo

विष्णुमती, इच्छुमती, धोबिखोलाका तटीय क्षेत्रमा उच्च सतर्क रहन आग्रह


504
Shares

काठमाडौं । काठमाडौंका विभिन्न भू–भागमा आज बिहानैदेखि भारी वर्षा भइरहेको छ । बूढानीलकण्ठ, जितपुर र आसपास पछिल्लो दुई घण्टामा भारी वर्षा भएको छ ।

विष्णुमती नदीको गोंगबु क्षेत्रमा जलसतह सतर्कता तह नजिक पुगेको छ । विष्णुमती, इच्छुमती, धोबिखोला तटीय क्षेत्रमा खोलाको पानी किनारको सडक र बस्तीमा आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज बिहान काठमाडौंका नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्