Logo
Logo

आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने लुम्बिनी सरकारको निर्णय


504
Shares

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रदेशभर आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने भएको छ ।

प्रदेश स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटमा व्यवस्था गरेर आँखाको नानी प्रत्यारोपण तथा कर्नियाको अपरेसन निःशुल्क गर्ने व्यवस्था मिलाएको हो ।

नेपालमा यो कार्यक्रम लागु गर्ने लुम्बिनी पहिलो प्रदेश हो । उक्त कार्यक्रम लागु गर्नका लागि कार्यविधि बनाउने प्रक्रिया सुरु भइसकेको छिट्टै सकिने स्वास्थ्य मन्त्री राजु खनालले बताए ।

उनले भने, ‘यस कार्यक्रम अन्तर्गत सरकारले आँखा नदेख्नेलाई उपचारका लागि रकम उपलब्ध गराउने होइन । अस्पतालसँग सहकार्य गरी बिरामीको उपचार गरेबापतको रकम सोझै अस्पतालको खातामा पठाइनेछ ।’

विभिन्न कारणले आँखाको ज्योती गुमाएकाहरुका लागि यो कार्यक्रम निकै महत्वपूर्ण हुने सरकारको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्