Logo
Logo

खेल्दाखेल्दै सेती नदीमा खसे २ बालक


1.3k
Shares

डोटी । डोटीमा सेती नदीमा डुबेर बालक बेपत्ता भएका छन् । दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका ५ वर्षीय सुशान्त साउद सेतीमा डुबेर बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मी जोशीका अनुसार बिहीबार खेल्ने क्रममा उनी नदीमा डुबेका हुन् । उनीसँगै डुबेका ४ वर्षीय मिलन साउदलाई भने स्थानीयले उद्धार गरेका थिए । उद्धार गरिएका उनको डडेल्धुरामा उपचार भइरहेको छ ।

बेपत्ता सुशान्तको खोजीका लागि आफन्त, नेपाल प्रहरी र सशस्त्र प्रहरी जुटेका छन् । दुवैजना खेल्दाखेल्दै सेती नदीमा पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्