
काठमाडौं । मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेल पक्राउ परेका छन् ।
बलात्कारको आरोपमा उनलाई शुक्रबार बिहान काठमाडौंको त्रिपुरेश्वरबाट पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।
पोखरेलले सिनामंगलस्थित आफ्नै घरमा काम गर्ने एक युवतीलाई यौन दुर्व्यवहार गरेको भिडियो बाहिरिएको थियो । त्यसपछि उनी मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयबाटै फरार थिए ।














