Logo
Logo

सञ्चय कोषले भन्यो- वायुसेवा निगमले ऋण तिरेको प्रचार गर्यो तर किस्ता तिरेको छैन


19.1k
Shares

काठमाडौं । कर्मचारी सञ्चय कोषले नेपाल वायुसेवा निगमले आफ्नो ऋण तिरेको भनि बाहिर प्रचारबाजी मात्र गरेको बताएको छ । कोषका प्रशासक प्रसाशक जितेन्द्र धितालले पछिल्ला दिनमा निगमले ऋण तिर्‍यौँ भनेर प्रचार गरेकामा आफुलाई अचम्म लागेको बताए ।

वायुसेवा निगमका चार वटा विमानमध्ये तीन वटामा कोषले करिब २२ अर्ब लगानी गरेको छ । त्यो ऋण बढेर अहिले २९ अर्ब जति पुगेको धितालले बताए ।

‘हामीले २२ अर्ब जति लगानी गरेका छौँ । त्यो ऋण बढेर २९ अर्ब जति पुगेको छ । कोरोनाका कारण उसले ऋण तिर्न सकेन । पछिल्ला दिनमा निगमले तीन पटक हाम्रो ऋण तिरेको छ,’ उनले भने, ‘निगममा पारदर्शीता आवश्यक छ । सरकारले सुनिश्चितता गरेको ऋण भएका कारण पनि उहाँहरुले चासो नदिएको हो कि भन्ने लाग्छ । पछिल्ला दिनमा हामीले ऋण ति¥यौँ भनेर जसरी उहाँहरुले प्रचार प्रसार गरिरहनु भएको छ, त्यसमा मलाई अचम्म लागेको छ । हामीलाई नियमित रुपमा पूरा किस्ता तिर्नुभएको छैन । अर्कोतर्फ हामीले ति¥यौँ भनेर प्रचार गराउनुभएको छ ।’

उनले निगमले पारदर्शीता देखाउन नसकेको समेत आरोप लगाए । उनले भने, ‘पुरानो ऋण तिर्न सकेको छैन । यता नयाँ जहाज खरिदको प्रक्रिया अगाडि बढाएको पनि भनिएको छ । यो एक आपसमा मिल्दो विषय भएन । हाम्रो ऋण ‘प्रोभिजनिङ’ हुँदा सञ्चयकर्ताले प्राप्त गर्ने लाभ प्रभावित भएको छ । हामीले लगातार पहल गरेपनि निगमले पारदर्शीता देखाउन सकेको छैन, वास्तविकता यही हो ।

साथै उनले हालकोे सञ्चालन अवस्थामा निगमलाई अब ऋण दिन सक्ने अवस्थामा कोष रहेको बताए । ‘निगमलाई ऋण दिने कुनै पनि सम्भावना देखिँदैन । सुरुमा उहाँहरुले राम्रै गर्नुभएको थियो । सरकारको आवश्यकता हेरेर, हामीले दोस्रो पटक वाइडबडी जहाज खरिदका लागि पुनःऋण दिएको हो । निगममा फेरि पनि भन्छु, पारदर्शिता छैन । महालेखा परिक्षकले हामीलाई पटक पटक प्रश्न उठाइरहेको छ । त्यसकारण अब थप ऋण दिन सकिँदैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्