Logo
Logo

सुशासन समितिद्वारा भ्रष्टाचार निवारण केन्द्रीत बार्षिक प्रस्ताव तयार


630
Shares

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको दिगो विकास र तथा सुशासन समितिले चालू आर्थिक बर्षमा भ्रष्टाचार निवारण र सुशासनका मुद्दामा केन्द्रीत बार्षिक प्रस्ताव तयार गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकमा दिगो विकास र सुशासनसम्बन्धी ऐन र कानुनको अवस्थाको अध्ययन गर्ने, सुशासन प्रवद्र्धन र सेवा प्रवाहका मुद्दामा केन्द्रीत भएर छलफल गर्ने लगायत बिषय समटेर बार्षिक प्रस्ताव तयार गरेको हो ।

समिति सदस्यहरुको राय सुझाव समेटेर बार्षिक प्रस्तावलाई अन्तिम रुप दिन समिति सचिवालयलाई निर्देशन दिइएको सभापति प्रकाश पन्थले जानकारी दिए । सुशासनका मुद्दामा समिति र सदनमा आवाज उठिरहेको अवस्थामा पनि सेवा प्रवाहमा अलमल देखिएको बिषयमा पनि अध्ययन गरिने प्रस्ताव गरिएको उनले बताए ।

त्यस्तै, बैठकमा समिति सदस्य भुवन सुनारको संयोजकत्वमा गठित उपसमितिले तयार गरेको दलितका सवाल सम्बन्धित संकल्प प्रस्ताव कार्यान्वयन कार्यायोजनाको मस्यौदा प्रतिवेदन समिति सभापतिसमक्ष पेस गरिएको छ । यसअघि राष्ट्रियसभाले संकल्प प्रस्ताव पारित गर्दै मातहतका समितिलाई उक्त प्रस्ताव तयार गर्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्