Logo
Logo

महाकाली नदीमा जलसतह सतर्कता तहमा पुग्यो


1.4k
Shares

काठमाडौं । महाकाली नदीमा पानीको बहाव बढेको छ । नदीमा जलसतह सतर्कता तहमा पुगेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान् महाशाखाले जनाएको छ ।

महाकाली नदी पारीगाउँ बाढीमापन केन्द्रको जलसतह सतर्कतातह आसपास रहेको महाशाखाले जानकारी दिएको छ। बिहान साढे ९ बजे महाकाली नदीको जलसतह ५.८७ मापन भएको छ।

जलसतहको सतर्कता तह ५.८० मिटर र खतराको तह ७ मिटर कायम गरिएको छ। महाकालीमा आज दिनभर जसलसतह सतर्कता तहमै रहने महाशाखाले जानकारी दिएको छ ।

कमला नदीका साना सहायक नदीमा बहाव बढ्ने तथा केहिमा आकस्मिक बहावको जोखिम रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्