Logo
Logo

रास्वपा कसैलाई पाल्न बनेको पार्टी होइन : रवि लामिछाने


882
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपामा आबद्ध हुनु भनेको उम्मेदवार बन्नु नभएको बताएका छन् ।

आज (शनिबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले पछिल्लो समय रास्वपाका नयाँ सदस्यहरुले सदस्यता पाउने वित्तिकै मेयर, वडा अध्यक्षको उम्मेदवार भएको भान गरेको भन्दै पार्टीमा सहभागी हुनु भनेको उम्मेदवार बन्नु नरहेको स्पष्ट पारेका हुन् ।

रास्वपा साधारण समयमा बनेको पार्टी नभएको भन्दै रास्वपा कसैलाई पोस्न, पाल्न बनेको पार्टी नभएको सभापति लामिछानेको जिकिर छ। उनले मिसन ०८४ सही नेतृत्व छान्न सकेको खण्डमा मात्रै सफल हुने बताए । देशमा राम्रा नारा सबैले लगाउने भन्दै नारा राम्रो भएर मात्रै नहुने र पारा राम्रो हुनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्