
काठमाडौं, १४ पुस । जबरजस्ती करणी आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत सुनसरीको न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले ३ लाख धरौटीमा छाड्न सोमबार आदेश दिएको हो ।
उनीमाथि आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको आरोप लागेको छ । उनलाई गत १६ मंसिरमा पक्राउ परेका थियो । उनले भने आरोप अस्वीकार गर्दै आएका छन् । उनीमाथि कानुनी प्रक्रिया सुरु गर्दा पक्ष–विपक्षबीच नाराबाजी चलेको थियो ।
सुबिधा सम्पन्न अस्पतालको कोठामा बस्दै आएका छन् । छाला सम्बन्धि औषधि प्रयोग गर्ने प्रमाण भेटिदा हर्टअट्याक भएको बहाना बनाउदै आएका उनलाई अदालतको बयानपछि पनि अस्पतालमै लगिएको थियो ।












