Logo
Logo

सूर्जमान मालीविरूद्ध मानवबेचबिखन तथा ओसारपसार कसुरमा जाहेरी


3.3k
Shares

काठमाडौं । मिटरब्याज पीडितलाई पटकपटक बलात्कार गरेको अभियोगमा पक्राउ परेका सूर्जमान मालीविरूद्ध मानवबेचबिखन तथा ओसारपसार कसुरमा जाहेरी परेको छ ।

आइतबार पीडितले जिल्ला प्रहरी परिसर ललितपुरमा मानवबेचबिखनको कसुरमा जाहेरी दिएको एसएसपी शिद्धीबिक्रम शाहले जानकारी दिए । ती पीडित पहिलाले मिटरब्याजमा लिएको ५ लाख रुपैयाँ तिर्न नसक्दा घरजग्गा नै कब्जा गरेर आफूमाथि पटकपटक बलात्कार भएको भन्दै उजुरी दिएकी छन् ।

पीडितले माली र अर्का एकजनाविरूद्ध पनि जाहेरी दिएको बताइएको छ । ललितपुर प्रहरीले दुई जनाविरूद्ध जाहेरी आएको जनाउँदै अर्का एक जनाको खोजी भइरहेको जनाएको छ । ललितपुर प्रहरीले मालीलाई शुक्रबार ठेंचोस्थित उनकै घरबाट नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्