काठमाडौं, १४ पुस ।
जुनियरलाई एआईजी बढुवामा सिफारिस गरेपछि नेपाल प्रहरीमा विवाद देखिएको छ । प्रहरी अस्पतालको एआईजीमा डा आशा सिंहलाई सिफारिस गरिएकोमा असन्तुष्टि देखिएको हो ।

अस्पतालमा सिनियरका आधारमा डा.मिनराज पाठक निमित्त प्रमुख छन् । उनी नै एआईजी हुने आँकलन गरिएको थियो । तर, सोमाबर उनीभन्दा जुनियर सिंहलाई बढुवा सिफारिस गरिएको छ । जुनियर आफ्नो हाकिम भएपछि डा पाठक निराश भएका छन् ।
स्रोतका अनुसार डिआईजी सिंह प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगै कलेज पढेकी हुन् । त्यहीकारण उनले बरियता मिचेर बढुवा हुने अवसर पाएकी हुन् । क्षमताका हिसाबले डा पाठक नै अस्पताल प्रमुखको दाबेदार भएको धेरैको भनाई छ ।












