Logo
Logo

अधिवक्ता पाण्डेलाई तत्काल पक्राउ गर्न तामाङ घेदुङको माग


2k
Shares

काठमाडौं । तामाङ घेदुङले अधिवक्ता भगवती पाण्डे ‘शीतल’लाई तत्काल पक्राउ नगरे सडक आन्दोलन गर्ने चेतावनी दिएको छ । घेदुङले आइतबार पत्रकार सम्मेलन गर्दै मगर समुदायले जाहेरी दिइसकेको अवस्थामा पनि सरकारले पक्राउ नगरेको भन्दै तत्काल पक्राउ नगरे आन्दोलन गर्ने चेतावनी दिएको हो ।

अधिवक्ता पाण्डेले तामाङ, मगर समुदायलाई अपराधी करार गर्ने किसिमको अभिव्यक्ति दिएको संघको आरोप छ । उनलाई हालसम्म पक्राउ नगरिएको प्रति घेदुङले आपत्ति जनाएको हो ।

अधिवक्ता पाण्डेले प्राइम टिभीमा दिएको अन्तरवार्तामा तामाङ समुदायमा परम्परादेखि चलिआएको संस्कार, परम्परागत अभ्यास तथा रीतिरिवाजमा दाजुबहिनीबीच पवित्र सम्बन्ध हुनेमा निज अधिवक्ता भगवती पाण्डे र प्राइम टेलिभिजनका कार्यक्रम प्रस्तोता दिक्पाल कार्कीले विवाहवारी चल्ने भनी दिएको अभिव्यक्ति आफैंमा गैरजिम्मेवारपूर्ण तथा शान्तिपुर्वक चलिरहेको सामाजिक मान्यता तथा सामाजिक सद्भावमा खलल पुर्याउने किसिमको रहेको घेदुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको, ‘तामाङ, मगरलगायत आदिवासी समुदायलाई एक जनावर पशुसँग तुलना गरी समस्त समुदायलाई अपराधीकरण गर्ने हेतुले दिएको भ्रामक अभिव्यक्ति हाम्रो स्वतन्त्रता, सम्मानपुर्वक बाँच्न पाउने संवैधानिक हकको प्रतिकूल रहनुका साथै यसले हाम्रो आत्मस्वाभिमानमा गम्भीर ठेस पुगेको हुँदा हामी, कडा शब्दमा यसको घोर भर्त्सना र निन्दा गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्