
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दै छ। बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा केहीबेरमा बस्ने सांसद शिशिर खनालले जानकारी दिए।
बैठकमा आज दिउँसो १ बजे बस्ने संसद् बैठकका विषयमा छलफल हुनेछ। रास्वपाले प्रतिनिधिसभा बैठक अगाडि संसदीय दलको बैठक नियमित रूपमा बस्दै आइरहेको छ।














