Logo
Logo

राजनीतिमा फोहर हुनुहुन्न : ओली


819
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै नीतिको मूलनीति राजनीति भएकाले राजनीति फोहर हुन नहुने बताएका छन् ।

एमालेको केन्द्रीय संस्कृति विभागले आज सो पार्टीको केन्द्रीय पार्टी कार्यालय च्यासलमा आयोजना गरेको खीर खाने कार्यक्रममा अध्यक्ष ओलीले राजनीतिका नाममा अपवित्र काम गर्न नहुने र सबै दल फोहर नै छन् भन्ने भाष्य निर्माण गरिनु गलत भएको बताए ।

नेपाली ज्ञानको परम्परा गौरवयुक्त भएकोले वर्तमानमा लेखिरहेका साहित्यकारले सामाजिक यथार्थ र सुन्दर भविष्यको रेखा कोर्ने गरी कलम चलाउनुपर्नेमा उनको जोड थियो ।

प्रतिक्रिया दिनुहोस्