Logo
Logo

माओवादीले भोलिदेखि बस्ने केन्द्रीय बैठक लाइभ गर्ने


1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बालुवाटारमा सोमबार बसेको पदाधिकारी बैठकले बुधबारका लागि केन्द्रीय कमिटी बैठक बोलाएको हो ।

बैठक भोलि दिउँसो १ बजेबाट प्रज्ञा भवन कमलादीमा सुरु हुनेछ । बुधबारै बिहान बस्ने स्थायी कमिटी बैठकबाट केन्द्रीय कमिटी बैठकका एजेन्डालाई अन्तिम रूप दिने अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तयारी छ ।

साथै माओवादीले केन्द्रीय कमिटी बैठकको लाइभ गर्ने तयारी गरेको छ । यसअघि नेपाली कांग्रेसले केन्द्रीय कमिटी बैठकको प्रत्यक्ष प्रसारण गरेको थियो ।

सचिव डिलाराम आचार्यका अनुसार १७ साउनबाट सुरु हुने केन्द्रीय कमिटी बैठकको उद्घाटन, छलफलदेखि समापनसम्म सबै प्रत्यक्ष (लाइभ) प्रसारण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्