Logo
Logo

भारतबाट बढेर आयो डिजेल तथा पेट्रोलको भाउ


3.2k
Shares

काठमाडौं । भारतबाट पेट्रोल तथा डिजेलको भाउ बढेर आएको छ । नेपाल आयल निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी)ले निगमलाई पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ७ रुपैयाँ ८७ पैसा र डिजेल ६ रुपैयाँ ६१ पैसाले बढेर आएको हो ।

आईओसीले पठाएको सूचीअनुसार नै नेपालमा पनि स्वचालित प्रणालीबाट मूल्य समायोजन हुनेछ । आईओसीले हरेक १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउँछ । ग्यासको मूल्य भने प्रतिसिलिण्डर १ सय रुपैयाँ घटेर आएको छ । नेपालमा पनि ग्यासको मूल्य घट्नेछ ।

केही दिनयता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेकाले भारतबाट आउने प्रशोधित तेलको मूल्य समेत बढेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्