Logo
Logo

डिएसपीको नागरिकता नै नक्कली ?


- दृष्टि न्युज/संवाददाता

252
Shares

काठमाडौं, १५ पुस ।

नागरिकतामा कीर्ते गरेको आरोपमा महानगरीय प्रहरी वृत बौद्धका डीएसपी रमेशबहादुर सिंहमाथि छानबिन भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि विस्तृत छानबिन थालेको हो ।


उनलाई बयानका लागि उपस्थित गराउन महानगरीय प्रहरी कार्यलय रानीपोखरीमा पत्राचार भएको छ । रानीपोखरीले उनलाई उपस्थित गराउने तयारी गरेको छ ।
सिंह इन्सपेक्टर हुँदा घुससहित ललितपुबाट पक्राउ परेका थिए । उनले सो विषयमा विशेष अदालतबाट सफाइ पाएपछि डिएसपीमा बढुवा भई महत्वपूर्ण जिम्मेवारी पाउँदै आएका छन् । नागरिकतामा उमेर सच्चाएको आरोपमा हाल छानबिन भएको हो ।

प्रतिक्रिया दिनुहोस्