
काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुलाई ५ मिनेट बोल्ने समय निर्धारण गरेको छ ।
आज दिउँसाे १ बजेदेखि सुरू भइ ५ दिनसम्म चल्ने बैठकमा सबै केन्द्रीय सदस्यहरुलाई ५ मिनेट बोल्न दिइने माओवादी स्थायी समिति सदस्य रेखा सर्माले बताए ।
बैठकको सुरुमा महासचिव देव गुरुङले बैठकका एजेण्डा प्रस्तुत गर्ने, त्यसपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेशग गर्नेछन् । माओवादीको केन्द्रीय बैठक १३ महिनापछि आज बस्न लागेको हो ।














