Logo
Logo

केन्द्रीय बैठकमा प्रचण्डले भने- पार्टी पार्टीजस्तो बन्न सकेन


3.6k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पार्टीजस्तो नभएको बताएका छन् । आजबाट सुरु भएको पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले पार्टी पार्टीजस्तो नभएको भन्दै यो बैठकबाट पार्टी पुनर्निर्माणको अभियान थाल्नुपर्ने बताए।

‘हामीसँग नेता कार्यकर्ताहरूको विशाल पङ्क्ति त छ तर पार्टी चाहिँ पार्टीजस्तो भइराखेको छैन। हामीले कम्युनिष्ट पार्टीको पुनर्निर्माणको अभियान यो बैठकबाट थाल्नु छ,’ उनले भने, ‘मलाई विश्वास छ सबैले गम्भीरता र जिम्मेवारीका साथ पार्टी पुनर्निर्माणको अभियानको थालनी गर्ने विश्वास व्यक्त गर्छु।’

साथै उनले राष्ट्र र जनताको पक्षमा आफूहरू निरन्तर खडा हुँदै आएको बताएका छन् । उनले भने, ‘राष्ट्र र जनताको पक्षमा, सामाजिक न्याय र सुशासनको पक्षमा नयाँ संकल्पको साथ अगाडि बढ्ने पहल गरिरहेका छौँ। यो बैठकले ती कामलाई व्यवस्थित र प्रभावकारी बनाएर राष्ट्र र जनताको आवश्यकता अनुसार अगाडि बढ्न अझ सहज वातावरण बनाउने विश्वास व्यक्त गरेको छौँ।’

देशमा राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्ने आवश्यक भएको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्