Logo
Logo

शपथ समारोहमा नबोलाएपछि हिक्मत कार्कीले भने- अधिनायकवादतर्फको यात्रा


4k
Shares

काठमाडौं । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीको शपथ समारोहमा नबोलाइएकोमा आपत्ति जनाएका छन् ।

आज (बुधबार) साँझ कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका थिए । उक्त शपथ समारोहमा नबोलाएपछि पूर्वमुख्यमन्त्री कार्कीले आपत्ति जनाउँदै यो कदमलाई निर्लज्जताको पराकाष्ठा र अधिनायकवादतर्फको यात्रा भएको टिप्पणी गरेका छन् ।

नेकपा एमाले कोशी प्रदेशका संसदीय दलका नेतासमेत रहेका पूर्वमुख्यमन्त्री कार्कीले सत्तारुढ दलहरू अधिनायकवादतर्फ गएको प्रतिक्रिया जनाएका छन् ।

‘निर्लज्जताको पराकाष्ठा, के यो अधिनायकवादतर्फको यात्रा – आज कोशी प्रदेश प्रमुख कार्यालयद्वारा नयाँ मुख्यमन्त्रीको शपथ ग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्रीलाई स्वीकार गरेनन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस घटनाबाट संविधानको सर्वोच्चता, कानुनी राजको उपहासमात्रै गरेनन्, सर्वोच्च अदालतको फैसला र हाम्रा अभ्यासहरूलाई कुल्चिएर स्वेच्छाचारिताको नमुना पेस गरेका छन् ।’

प्रतिक्रिया दिनुहोस्