Logo
Logo

बालक बगाएपछि महानगरले भत्कायो सामाखुसी खोलामाथिको ढलान


6.6k
Shares

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सामाखुसी खोलामाथिको ढलान भत्काउने कामलाई तीव्रता दिएको छ ।

सामाखुसी खोला नै छोपिने गरि ढलान राख्दा दुर्घटनाको जोखिम बढेको र दुर्घटना भइहाले उद्धारमा समस्या हुने भन्दै महानगरले ढलान भत्काउने कामलाई तीव्रता दिएको हो । खोलामाथि ढलान बनाउन नपाउने भएपनि स्थानीयले मापदण्ड विपरीत खोलामाथि ढलान बनाएको महानगरको भनाइ छ ।

महानगरले सामाखुसी, रानीबारी लगाएतका क्षेत्रको सवै ढलान हटाउने जनाएको छ । केहि दिन अघि सामाखुसीमा एक बालक खसेर बेपत्ता भएपछि खोलामाथि रहेको ढलान–स्ल्यावका कारण उद्दारमा समस्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्