Logo
Logo

प्रधानमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता


819
Shares

काठमाडौं । नेपालका लागि साउदी अरबका राजदूत साद अबुहामिदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीलाई भेट्न आज (सोमबार) राजदूत अबुहामिद प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

भेटमा दुईबीच नेपाल र साउदी अरबबीचको द्विपक्षीय सहकार्यको विषयमा छलफल भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्