
काठमाडौं । संघीय संसद अन्तर्गतका दुईवटा संसदीय समितिको बैठक आज बस्दैछ । बैठक संघीय संसद सचिवालय, सिंहदरबारमा बस्नेछ ।
जसअनुसार पुर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बोलाईएको छ भने बिद्यायन ब्यवस्थापन समितिको बैठक दिउँसो ११ः३० बजे बोलाईएको छ ।
प्रतिनिधिसभाको बैठक बस्नु अघि दुबै समितिको भावी सभापति चयनका बारेमा छलफल हुने जनाईएको छ । प्रतिनिधिसभा बेठक आज दिउँसो ३ बजे बोलाइएको छ ।














