Logo
Logo

सामान्य प्रशासन मन्त्रालयकी कर्मचारी अख्तिारको फन्दामा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १६ पुस ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका खरिदार त्रिलोचना पोखरेल अख्तियारको फन्दामा परेका छन् ।

 

प्रारम्भिक वातावरणीय परीक्षण ( प्रतिवेदन तयार गर्ने क्रममा किर्ते मिटिङ माइन्युट र बैठक भत्ता बुझेको भरपाई तथा स्वीकृतिपत्र तयार गरेको साथै बैठक भत्तावापत भनी झुठ्ठा व्यहोराको भरपाई बनाई सो कार्य गरिदिएवापत सेवाग्राहीबाट उनले ८३ हजार घुस लिएका हुन् । घुस लिएको पुष्टि हुन आएको देखिंदा जिम्मेवार राष्ट्रसेवक कर्मचारीले मन्त्रालय तथा मन्त्रालयका कर्मचारीहरुलाई हानि र्पुयाउने बदनियतले उक्त गलत लिखत तयार गरी अनधिकृत रुपमा घुस लिएको हुँदा पोखरेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ९ बमोजिमको समेत कसुर अपराध गरेको पुष्टि हुन आएकोले निजलाई घुसररिसवतको बिगो ८३ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) र सोही ऐनको दफा ९ बमोजिम सजाय हुन र बिगो रकम निजबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम असुल गरी जफत हुन समेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्