Logo
Logo

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी आह्वान


819
Shares

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइएको छ । आज (मंगलबार) सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकबाट श्रेष्ठविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरिएको हो ।

प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइबारे सर्वसाधारणलाई जानकारी गराउने निर्णय पनि गरिएको छ । प्रधानन्यायाधीशमा श्रेष्ठ अनुपयुक्त भए १० दिनभित्र स्पष्ट आधार खुलाई उजुरी दिन सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय गरिएको समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले जानकारी दिए ।

सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली मर्यादित भाषामा सूचना वा उजुरी दिन सकिने उनले बताए ।

यसअघि, यही साउन १८ गते बसेको संवैधानिक परिषद्को बैठकबाट सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरिएको थियो ।

समितिले संसदीय सुनुवाइ प्रक्रिया पूरा गरी नाम अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्