Logo
Logo

कमला नदीको जलसतहले पार गर्‍याे सतर्कता तह


1.7k
Shares

काठमाडौं । उदयपुरस्थित कमला नदीको जलसतहले सतर्कता तह पार गरेको छ । सोमबार रातिदेखी परेको अविरल जर्षाका कारण नदीमा आएको बाढीका कारण नदीमा पानीको सतहले सतर्कतह पार गरेको हो ।

मंगलबार बिहान ११ बजे बेलसोतस्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नदीमा पानीको बहाव बढ्दो छ । जलसतह खतरा तहसम्म पुग्न सक्ने पूर्वानुमान छ ।

सिन्धुली, उदयपुर, धनुषा र सिरहाका तटीयसहित होचा स्थानहरूमा आज साँझसम्म उच्च सतर्कता अपनाउनुपर्ने र सुरक्षित स्थानमा जान महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्