Logo
Logo

नेकपाको सचिवालय बैठक बस्दै, सभामुख र प्रदेश राजधानीबारे छलफल हुने


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १७ पुस ।
सभामुख चयन, प्रदेश राजधानी तथा एमसिसीबारे छलफल गर्न सत्तारुढ नेकपाको सचिवालय बैठक आज (बिहीबार) दिउँसो बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बस्ने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिए।


बैठकमा नयाँ सभामुख चयन, राष्ट्रिय सभाको निर्वाचन लगायतका विषयमा छलफल हुने उनको भनाई छ । बैठकले प्रदेश १ र ५ को नाम र राजधानी बारे निर्णय गर्ने बताएका छन्।
१३ पुसमा बसेको नेकपा सचिवालय बैठकले प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा रहने निर्णय गरेर प्रदेश सभालाई त्यसै अनुसार गर्न निर्देशन गरेको थियो। अन्य प्रदेशले पनि यसबारे पार्टीको निर्देशन खोजेका छन् ।
भामुख बारे प्रधानमन्त्री ओली र अध्यक्ष ओलीबिच सहमती नजुट्दा संसद बैठक दुई पटक सूचना टाँस गरेर स्थगित गरिएको छ। आजको बैठकमा यसबारे पनि छलफल हुने सम्भावना छ। नेकपामा नयाँ सभामुख कसलाई बनाउने भन्ने विषयमा सहमति हुन सकेको छैन। पूर्व एमालेबाट सुवासचन्द्र नेम्बाङ र पूर्व माओवादीबाट अग्नी सापकोटा सभामुखका मुख्य दावेदार छन्। विवादमा फरेको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा विवाद छ। आजको बैठकमा यो विषयमा पनि छलफल हुने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्