Logo
Logo

१५ करोड थान सिक्का टकमरी गर्न राष्ट्र बैंकलाई स्वीकृति


6.4k
Shares

काठमाडौं । सरकारले पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्न (धातुबाट सिक्का बनाउन) नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिए । उनका अनुसार बैठकले राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्तै, बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्