
काठमाडौं । संसदको अवरोध खुलाउन प्रमुख राजनीतिक दलका शिर्ष नेताको बैठक आज पनि बस्दैछ । बैठक प्रधानमन्त्रीको सकारी निवास बालुवाटारमा बस्न लागेको हो ।
प्रमु्ख प्रतिपक्षी दल नेकपा एमालेले एक सय किलो सुन बरामत भएको घटनालाई छानविन गर्न उच्चस्तरीय समिती बनाउनु पर्ने माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ ।
यसअघि पटक पटक बैठक बसेर मंगलबार गृहमन्त्रीको जवाफ सुन्ने भन्दै प्रतिनिधिसभा बैठक चल्न दिने सहमती भएको थियो । केही समय चलेको बैठकमा उच्चस्तरीय छानबिन समिति गठनमा सरकारको प्रतिवद्धता नआएको भन्दै पुन अवरोध गरेका थिए ।
आज बुधबार १ बजे बोलाइएको प्रतिनिधसभा बैठक बस्नु अगावै अबरुद्द भइरहेको प्रतिनिधिसभा बैठक सुचारु गर्नका लागि सहमित खोज्न शीर्ष नेता छलफलमा जुट्ने भएका हुन् ।
बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित तीनै दलका उपनेता र प्रमुख सचेतकहरू बैठकमा उपस्थित हुनेछन् ।














