Logo
Logo

सन् २०१९ मा ११ लाख ९४ हजार पर्यटक नेपालमा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १७ पुस ।
सन् २०१९ मा ११ लाख ९४ हजार २ सय १२ पर्यटक नेपाल आएका छन् । यो सन् २०१८ मा भन्दा २१ हजार मात्र धेरै हो ।
अध्यागमन विभागका अनुसार यो संख्या विमानमार्फत आउने भारतीयसहितको हो ।


अपेक्षाअनुसार यो संख्या धेरै भने होइन । सन् २०२० मा सरकारले २० लाख पर्यटक भित्राउने महत्वाकांक्षी योजना सुरु गरिसकेको छ । तर, त्यो अनुसार प्रचार र तयारी हुन सकेको छैन ।
नेपालमा सबैभन्दा धेरै चीनबाट पर्यटक आउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्