Logo
Logo

एमालेले संसदलाई बन्धक बनाउन खोज्दैछ : पुष्पा भुसाल


441
Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले प्रतिपक्ष दल नेकपा एमालेले पछिल्लो समय संसदलाई बन्धक बनाउन खोजेको आरोप लगाएकी छन् ।

रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले बुधबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा भुसालले सुन प्रकरणको छानबिन गर्न उच्च स्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग राख्दै अवरोध गरेर एमालेले सदनलाई बन्धक बनाउन खोजेको आरोप लगाएकी हुन् ।

त्यस्तै, उनले बाढि पहिरो तथा महँगीका कारण जनजीविकाको अवस्था दयनीय बन्दै गएका बेला संसदबाट समाधानका उपाय निकाल्दै सम्बोधन गर्नुपर्ने संसद अवरुद्धतिर लाग्नु लोकतान्त्रिक प्रणालीलाई कतै कमजोर बनाउन चाहेको त होईन भन्ने आशंकाका उठिरहेको बताइन् । भुसालले हिजोको दिनमा गणतन्त्र र संसदमाथि प्रहार हुँदै जाँदा प्रणालीलाई बचाउनका लागि गठबन्धन गरिएको उल्लेख गरिन् ।

उनले ललिता निवास देखि बिभिन्न बिषयका यसअघि कांग्रेसले पनि आवाज उठाएको तर केहिल्यै सदन अवरुद्ध नगरेको जिकिर गरिन् ।

प्रतिक्रिया दिनुहोस्