
काठमाडौं । सिम्रिक एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई ४३ लाख रुपैयाँ बक्यौता बुझाएको छ। प्राधिकरणले बक्यौता रकम नतिरेको र आर्थिक संकटमा परेको भन्दै प्राधिकरणले अनिश्चितकालका सिम्रिकको उडान रोकेपछि शुक्रबार नै ३४ लाख रुपैयाँ बक्यौता बुझाएको हो ।
पटक पटक ताकेता गर्दा पनि बक्यौता रकम नतिरेको भन्दै प्राधिकरणले शुक्रबारदेखि अनिश्चितकालका लागि सिम्रिकको उडान रोकेको थियो।
उडानमा रोक लगाएपछि सिम्रिकले आर्थिक वर्ष २०७९/०८० को ४३ लाख बक्यौता शुक्रबार बुझाएको प्राधिकरणले जनाएको छ। रोकेको उडान खुलाउने विषयमा भने थप निर्णय आउन बाकी रहेको प्राधिकरणले जनाएको छ।














