Logo
Logo
सुन तस्करी प्रकरण

दुई चिनियाँ नागरिकसहित तीन जना रिहा


7.1k
Shares

काठमाडौं । त्रिभुवन विमानस्थलबाट बरामद गरिएको करिब एक सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका तीन जना रिहा भएका छन् । 

यही साउन दुई गते विमानस्थल भन्सार जाँचपास भएर बाहिरिएको करिब एक सय किलो सुन राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । उक्त प्रकरणमा पक्राउ परेका  व्यवसायी रोहन अडुकिया र दुई चिनियाँ नागरिकलाई आज (शनिबार) रिहा भएका हुन् । 

अडुकियालाई खोजेका बेला उपस्थित हुने सर्तमा विमानस्थलस्थित अध्यागमन कार्यालयले छाडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिए । 

यस्तै सोही प्रकरणमा पक्राउ परेका ली जियालिङ र लिउ फुयान नामका दुई चिनियाँ नागरिकलाई घटनामा संलग्नता नदेखिएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आजै बिहान रिहा गरेको हो ।  

राजस्वले कालोसूचीमा राख्न गरेको सिफारिसका आधारमा अध्यागमन विभागले चिनियाँ नागरिक ली जिएलिन र लुई फुयानलाई पक्राउ गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई बुझाएको थियो ।

राजश्व अनुसन्धान विभागले ३ साउनमा हङकङबाट आएको १५५ किलो सुनसहितको ‘ब्रेक शु’ बरामद गरेको थियो । त्यसको १९ दिनपछि यसमा संगठित अपराधको कसूर आकर्षित हुने देखिएको भन्दै थप अनुसन्धानका लागि सीआईबीलाई जिम्मा लगाएको थियो । 

प्रतिक्रिया दिनुहोस्