Logo
Logo

‘सरकार उच्चस्तरीय समिति बनाउन तयार नभए समर्थन फिर्ता लिनुपर्छ’


2.4k
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले चर्चित भ्रष्टाचारका प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने बताएका छन् । सरकारले उच्चस्तरीय समिति गठन गर्न नचाहेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थनमा कांग्रेसले पुनर्विचार गर्नुपर्ने उनले बताए ।

आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्दै उनले भने, ‘सबै चर्चित घटनाहरू छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने निर्णय कांग्रेस संसदीय दलले गर्नुपर्छ । सरकार उच्चस्तरीय छानबिन समिति बनाउन तयार नहुने हो भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिनुपर्छ ।’

गणतन्त्र आएदेखिका चर्चित भ्रष्टाचार काण्डहरूको निष्पक्ष छानबिन गर्न सरकार तयार हुनुपर्ने बताउँदै त्यसका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्