Logo
Logo

महाकालीमा बढ्यो बहाव, शारदा ब्यारेजमा सवारी आवागमन रोकियाे


441
Shares

काठमाडौं । महाकाली नदीमा पानीको बहाव बढेको छ । लगातारको वर्षापछि नदीमा पानीको बहाव बढेको हो । बहाव बढेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी प्रकाश डाँगीले शारदा ब्यारेजमा बिहान ८ बजे पानीको सतह एक लाख ७२ हजार क्युसेक मापन गरिएको जानकारी दिए । उनकाअनुसार एक लाख क्युसेक नाघेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधनमा आइतबार साँझदेखि रोक लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्