Logo
Logo

अन्ततः एसपी मल्लले रमाना बुझे


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, १८ पुस ।
एक एसपीको पावरका कारण सिंगो प्रहरी बदनाम भएको छ । नेकपाका अध्यक्ष प्रचण्डको पावरका भरमा मस्ती गर्दै आएका चितवनका एसपी दानबहादुर मल्लका कारण प्रहरी बदनाम भएको हो ।

एसपी दानबहादुर मल्ल

प्रहरी प्रधान कार्यालयले दुई हप्ताअघि उनलाई सरुवा गरेको थियो । तर, एक वर्षअवधि नपुगी सरुवा भएको भन्दै उनले चितवन छाड्न मानेका थिएनन् । त्यसपछि बुधबार प्रदेश प्रहरी कार्यालयले १२ घन्टे ताकेता गरेको थियो । त्यसपछि पनि उनले रमाना बुझ्न नमानेपछि विवाद भएको थियो ।
यो घटनाले ठूलै रुप लिएपछि शुक्रबार मल्लले रमाना बुझेर बुझेर जिल्ला छाड्ने तयारी गरेका छन् । यो घटना प्रहरी नेतृत्व कति कमजोर बन्दै गएको छ भन्ने प्रष्ट पारिदिएको छ । किनकी प्रहरी महानिरीक्षकले गरेको सरुवालाई सिधैं अस्वीकार गर्दा पनि मल्लमाथि कारबाही हुन सकेन । प्रहरी प्रधान कार्यालयले चितवनमा गंगा पन्तलाई सरुवा गरेको थियो ।

तर, प्रचण्ड परिवारले उनलाई रुचाएका छैनन् । त्यसकारण चितवनमा अर्का एसपी जाने सम्भावना समेत छ ।

प्रतिक्रिया दिनुहोस्