Logo
Logo

कोशीको मुख्य न्यायाधिवक्तामा कटुवाल नियुक्त


2k
Shares

काठमाडौं । कोशी प्रदेशको नवनियुक्त मुख्य न्यायाधिवक्ता बुद्धिबहादुर कटुवालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार बिहान मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले कटुवाललाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका थिए । उनलाई सोमबारै उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारूले पद तथा गोपनियताको शपथ गराएका हुन् ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–३ का कटुवाल कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहेका थिए । पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा मुख्यन्यायाधिवक्ता नियुक्त भएका गजेन्द्र आचार्यले प्रदेश प्रमुख खापुङसमक्ष गत असार २२ गते पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्