Logo
Logo

जाँदाजाँदै मोदीले सार्वजनिक गरे ४५ बुँदे प्रगति विवरण (पूर्णपाठ)


1.6k
Shares

काठमाडौं । निवर्तमान संघीय तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले आफ्नो कार्यकालमा भएका प्रगति विवरण सार्वजनिक गरेका छन् । सोमबार मन्त्रालयबाट बिदा हुँदै गर्दा उनले पत्रकार सम्मेलन आयोजना गरेर आफ्ना कार्यकालमा भए गरेका ४५ बुँदे प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

उनले निर्माणजन्य सामग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मन्त्रिपरिषद्मा पेश गरिएको, केबुलकार निर्माण तथा सञ्चालन सम्बन्धी नमुना कार्यविधि तयार गरिएको, विभिन्न स्थानीय तहमा स्थलगत रुपमा कार्यसम्पादन सहजीकरण गरिएको, संघीय निजामती सेवा सम्बन्धी विधेयकको मस्यौदा मन्त्रिपरिषद्मा पेश गरिएको लगायतका विषय उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्