
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित केन्द्रिय कार्यालयमा सो बैठक सुरु भएको हो ।
बैठकमा समसमायिक राजनीतिक बिषय, पार्टीको आन्तरिक कार्यक्रम तथा सांगठानिक संरचना, सुन प्रकरणपछि संसद गतिरोधलगायतका बिषयमा छलफल हुने बताइएको छ ।
साउन ३ गते भन्सार पास भएर बाहिरिएको अवस्थामा त्रिभुवन विमानस्थलको गेटबाट करिब सय किलो सुन बरामद भएको थियो ।
यस प्रकरणमा नेकपा एमालेले उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै १० साउनदेखि संसदको दुबै सदन अवरुद्ध गर्दै आएको छ । जसकारण संसदका काम कारबाही प्रभावित भएका छन् ।














