
काठमाडौं । सुदूरपश्चिम प्रदेशका माओवादी नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।
अत्यधिक बर्षाका कारण आएको बाढी र पहिरोले पु¥याएको क्षति तथा भीमदत्त राजमार्गमा भएको अवरोध खुलाउने विषयमा उनीहरुले आज बिहान बालुवाटार पुगेर प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । सो अवसरमा वैकल्पिक मार्गका रुपमा रहेको दैजी जोगबुढी सडक सञ्चालन गर्ने विषयमा समेत छलफल भएको थियो ।
छलफलकै क्रममा प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्मालाई टेलिफोन गरी भिमदत्त राजमार्ग नियमित सञ्चालन हुने वातावरण बनाउन र दैजी जोगबुढा सडक सञ्चालनका लागि आवश्यक प्रबन्ध गर्न निर्देशन दिएको सुदूरपश्चिम प्रदेशसभाका सदस्य ओमविक्रम भाटले जानकारी दिए ।














