Logo
Logo

गृहमन्त्री बादल चीन प्रस्थान, आईजिपी जान पाएनन्


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २० पुस ।
गृहमन्त्री रामबहादुर थापा’बादल’ ६ दिने चीन भ्रमणको क्रममा आज बेईजिङतर्फ प्रस्थान गरेका छन् । चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणमा त्यसतर्फ प्रस्थान गरेका हुन् । भ्रमणको क्रममा चिनका जनसुरक्षा मन्त्री तथा उच्च सरकारी अधिकारी तथा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।


मन्त्रीको टोलिले चिनको बेइजिङ, साङ्घाई र ल्हासा भ्रमण गर्ने कार्यक्रम रहेको छ । टोलिमा गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. ईन्द्रजित राई, गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा, डिआईजी सूर्य उपाध्याय लगायत सहभागी छन् । गृहमन्त्री थापा पुस २५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । गृहमन्त्री थापाको यो पहिलो औपचारिक चीन भ्रमण हो ।
गृहमन्त्रीसँगै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल समेत जाने प्रस्ताव गृहले गरेपछि सरकारले उनको नाम अस्वीकृत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्