Logo
Logo

माओवादी नेताको अनलाइनले मेरो चरित्रहत्या गर्‍यो- पोखरेल


24.6k
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा माओवादी केन्द्रका नेताको लगानीमा सञ्चालन भएको अनलाइनले सुन तस्करी प्रकरणलाई अन्तै मोड्ने प्रपञ्चमा आफ्नो परिवारविरुद्ध समाचार प्रकाशन गरेको आरोप लगाएका छन् ।

नेपालखबर डटकमले ६० किलो सुन प्रकरणमा दावाको बयान स् स्वराज र प्रतीकसँग व्यापारिक साझेदारी थियो शीर्षकमा समाचार प्रकाशन गरेको थियो । समाचारमा पोखरेलका छोरा स्वराज पनि तस्करीमा संलग्न रहेको दावाले बयानका क्रममा बताएको उल्लेख छ । यसै विषयलाई लिएर वरिष्ठ उपाध्यक्ष पोखरेलले फेसबुकमार्फत यस्तो आरोप लगाएका  हुन् । 

सुन तस्करी प्रकरणलाई अन्तै मोड्ने प्रपञ्च रचिएको आरोप लगाउँदै पोखरेलले लेखेका छन्– ‘यो हाम्रो पार्टीलाई बदनाम गरी सुन तस्करी प्रकरणलाई अन्तै मोड्ने प्रपञ्च हो ।’

पोखरेलले सुन तस्करीमा आफ्नो परिवारको कुनै संलग्नता नरहेको समेत बताएका छन् । उनले भनेका छन्– ‘म चुनौतीका साथ भन्न चाहन्छु – मेरो परिवारको यस्ता कुनै कुरामा संलग्नता छैन ।’

पोखरेलले नाम उल्लेख नगरे पनि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’लाई नेपालखबरको लगानीकर्ताको रूपमा आरोप लगाएका हुने । नेपालखबरमा अनन्तको लगानी रहेको चर्चा चल्ने गरेको छ ।

पोखरेलले यस सम्बन्धमा आज कानुनी कारबाही पनि अगाडि बढाउने बताएका छन् ।

पाेखरेलकाे स्टाटस-

प्रतिक्रिया दिनुहोस्