Logo
Logo

संसद्लाई बन्धक बनाउन मिल्दैन : रवि लामिछाने


567
Shares

झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्लाई बन्धक बनाउन नमिल्ने बताएका छन् ।

झापाको बिर्तामोडमा आज आयोजित सभालाई सम्बोधन गर्दै उनले राजनीतिक खिचातानीका कारण सांसद अवरुद्ध गर्न नहुने बताए ।

‘जनताका धेरै कुरा उठाउनुछ’, उनले भने, ‘चाँडोभन्दा चाँडो सदन खुलाउनुस् । सुन तस्करी प्रकरणको अनुसन्धानमा उच्चस्तरीय छानबिन आयोगको माग राखेर एमालेले लगातार संसद् अवरुद्ध गरिरहेको छ । अवरोधकै कारण सभामुख देवराज घिमिरेले साउन १० मा अघि सारेको कार्यसूचीमा संसद् प्रवेश गर्नै पाएको छैन ।’

सभापति लामिछानेले पुराना पार्टीका नेताहरूकै कारण युवाहरू विदेश पलायन हुने क्रम बढेको र देशमा बसेर केही गर्न सकिन्छ भन्ने विश्वास नै युवामा हराएर गएको टिप्पणी गरे । ।

सभामा पार्टीका केन्द्रीय महामन्त्री डा मुकुल ढकाल, सङ्घीय संसद्का प्रमुख सचेतक सन्तोष परियार, सांसद निशा डाँगी, केन्द्रीय सदस्य रमेश प्रसाइलगायतका केन्द्रीय नेताहरुले सबोधन गरेका थिए ।

सभापति लामिछानेले झापामा दुई दिनमा आठ वटा सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेकोछ ।

प्रतिक्रिया दिनुहोस्